बाँके। बर्दियाको बारबर्दिया नगरपालिका–५ स्थित धोविया स्मार्ट कृषि गाँउका किसानलाई आधुनिक कृषि प्रविधि वितरण गरिएको छ । नगरप्रमुख दुर्गाबहादुर थारु ९कबिर०ले लुम्बिनी प्रदेशको एकीकृत कृषि तथा पशुविकास कार्यालयको अनुदानमा सो सामग्री वितरण गरेका हून् ।
चार वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममा यस वर्ष रु ६२ लाख ५१ हजार बराबरको पावरटेलर, पानी तान्ने जेनेरेटर, मकै छोडाउने मेसिन, धानगँहु काट्ने रिपरलगायका मेसिन किसानलाई उपलब्ध गराइएको छ । यसमा २० प्रतिशत किसानको लगानी हुनेछ । कूल ८३ घरधुरी रहेको सो गाउँमा करीब ५० विघाहा क्षेत्रफलमा खेती गर्दै आएका छन् ।
प्रतिक्रिया