ताजा अपडेट »

‘फरक–फरक हनुमान’

विहीबार, १९ असार २०७६

हरेक पार्टीमा ४ किसिमका हनुमान हुन्छन ।

१. खान पाएका हनुमान : बिभिन्न पदमा बसेर ब्रह्मलुट गरेकाहरु ।
२. खाने आशामा बसेका हनुमान : बिरोध गर्यो भने खान पाइन्न कि ? बरु चाकडी गर्यो भने मौका आउन सक्छ भन्नेहरु ।
३. खाइ न पाइका हनुमान : खान पनि पाउदैनन् तर आफ्नो नेताले सेतोलाई कालो भने पनि कालोको पक्षमा ज्यान फालेर बहस गर्छन ।
४. दास हनुमान : मनोवृत्ति नै चाकडी गर्ने, खोक्रो प्रशंशा गर्ने, शक्तिशाली मान्छेको नजिक देखिन लालायित हुन्छन ।

यस्तै हनुमानले गर्दा नेताहरु जे बोले पनि हुने, जे गरे पनि हुने तथा आफुलाई देवता ठान्ने प्रवृति मौलाएको हो । साँचोको पक्षमा लागौं, गलतको बिपक्षमा लागौं, आफ्नो शीर ठाडो गरौँ । उन्मुलन भएको दासप्रथा आफैले ब्युँताउने काम नगरौं । दासको लागि मालिकको कमी हुँदैन ।