सरकारले पुस्तकमा भन्सार लगाएपछि ज्ञानमाथि कर लगाएको तर्कले वजार तताएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने हो र आत्मनिर्भर हुने हो भने यस्ता काम नगरि सुखै छैन । जवसम्म नेपाली छपाइ उद्योगलाई लगानीको प्रतिफल आउने विश्वास दिलाउन सकिदैन तवसम्म नयाँ प्रविधिमा लगानी गर्ने उत्साह जाग्ने छैन । त्यसैले यो नीति आवश्यक थियो र छ ।
अहिले भारतीय तरकारी र फलफूलमा विषादी परिक्षण गर्ने कामको सुरुवात भएपछि सिमानामा तरकारी कुहेकोमा चिन्ता प्रकट गर्न थलिएको छ । साथै नेपाली वजारमा तरकारीको भाउ वढेकोमा सरकारको आलोचना पनि गरिदैछ । तर हेक्का राख्नुपर्ने कुरा के हो भने अव तरकारीको आयात पूरै रोक्ने हिम्मत गर्नुपर्छ र मात्र नेपाली किसानले तरकारीको खेती गर्नेछन् । नेपाली किसानले भाउ नपाउँदा पनि रोइलो मच्चाउने र भारतीय तरकारी रोकिएर भाउ वढ्दा पनि रोइलोनै मच्चाउने हो भने गर्ने के हो ? हामी दीर्घकालिन फाइदाको पछाडि लाग्नुपर्ने हैन र ?
वरु सरकारले खुला वजारको नीतिलाई आत्मसात गरेकोले कतै घुँडा टेक्छ कि भनेर खवरदारी गर्नुपर्ने हैन र ? कम्तिमा विषादी परिक्षणको नाममा भएपनि दुइदिन रोक्दा भारतीय तरकारी ल्याउनका लागि हतोत्साहित वनाउन सकियो भने प्रकारान्तरले त्यसवाट नेपाली किसानको हौसला वढ्ने थियो । यति कुरा पनि नवुझ्नेलाई दया गर्नुवाहेक के पो गर्न सकिन्छ र ? नेपाली चिया, अदुवाजस्ता उत्पादनलाई भारतले वेला वेलामा किन रोक्छ ? वरु यसको अर्थशास्त्र के हो ? यसको खोजी गरौं कि ?
प्रतिक्रिया