कविताले कुनै पुरस्कार पाउँदैमा त्यो कविता र कवि उत्कृष्ट, सर्वोत्कृष्ट हुन्छ भन्ने मान्यता आफैमा गलत हो! यसो भन्दै सबै पुरस्कृत कवि र कविता नराम्रै हुन्छ भन्ने मान्यता पनि गलत हो! साधनाको सुन्दर सृष्टि हो कविता !अनि कवि ? कविताको सर्जक हो, जन्मदाता हो! सच्चा जन्मदाताले कुनै पुरस्कारको अपेक्षा गर्दैन ! उसको लागि मातृत्व र ममता नै पर्याप्त बन्छ ! हाम्रा कविहरू कुनै पुरस्कार पाउँदैमा खुसीले उफ्रीने, अरूका कवितालाई कमसल देख्ने र आफैंभित्र अहंकार पाल्ने गर्छन् !त्यस्तो प्रवृति त्यागेर राम्रा सर्जक र सिर्जनालाई प्रोत्साहन गरेर आफू पछाडिको पुस्तालाई बलियो र शसक्त पार्ने प्रयास गरे कसो होला ?
-झमक घिमिरे/साहित्यकार
प्रतिक्रिया