असार ५, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० नयाँमिलमा अवस्थित पञ्चामृत दुग्ध उत्पादक सहकारी सस्थाले दुग्ध उत्पादक किसानलाई करिव ९ लाख रुपैया अनुदान दिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेको उत्पादनको आधारमा अनुदान कार्यक्रम अन्र्तगत प्राप्त रकम सहकारीले आज किसानलाई हस्तान्तरण गरेको हो ।
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थामा २ सय ३० किसानले बिक्रि गरेको ४ लाख ६७ हजार ४ सय ११ लिटर दुधका लागि ८ लाख ९७ हजार ४ सय २९ रुपैया अनुदान दिएको थियो । प्रदेश सरकारबाट प्राप्त अनुदान रकम संस्थाका अध्यक्ष माधव प्रसाद पाठक, सल्लाहकार मिन प्रसाद पोखरेल, खिम बस्नेत, उपाध्यक्ष अर्जुनराज उपाध्याय सहित संस्थाका पदाधिकारी सदस्यहरुले सबैभन्दा बढी अनुदान प्राप्त गर्ने १० जना किसानलाई रकम हस्तान्तरण गरेका थिए ।
सबैभन्दा बढी अनुदान प्राप्त गर्ने टिकाराम भट्टराईलाई ३८ हजार १ सय ६२ रुपैया, देबेन्द्र भट्टराईलाई ३१ हजार ३ सय ३ रुपैयाँ, यन्द्र प्रसाद भण्डारीलाई २८ हजार २ सय १६ रुपैयाँ, सिता सापकोटालाई २६ हजार १४ रुपैयाँ, घुरई पासीलाई १९ हजार ६ सय ४६ लगायतका किसानलाई रकम हस्तान्तरण गरिएको थियो । सो अवसरमा अध्यक्ष पाठकले किसानको दुध संकलन र बिक्रि मात्र नगरी सहकारीले किसान हक हित र सरकारी तथा गैर सरकारी क्षेत्रबाट प्राप्त हुनसक्ने अनुदान तथा सहयोगका लागि स्थापनाकालदेखि नै सहयोग गर्दै किसानलाई उपलब्ध गराउदै आएको बताए । नेपाल सरकारले निर्धारण गरेको खरिद मूल्यमा नै सहकारीले दुध खरिद गरीरहेको जानकारी गराउदै सस्थामा दुध दिने किसानलाई बिना धितो कर्जा प्रवाह गर्नुका साथै बिभिन्न समयमा पशु चकित्सकको व्यवस्था, घाँसको बिउको व्यवस्था, शेयर रकममा अत्यधिक व्याज, बोनस र अवलोकन भ्रमण जस्ता कार्यक्रम नियमित रुपमा गरीरहेको सल्लेख गरे । उहाले क्षणिक लाभका लागि घरमा दुध लिन आउने पाइकरलाई दुध दिनुभन्दा आफ्नै सस्थामा दुध दिएर संस्थालाई थप बलियो बनाउन र सस्थाबाट उपलब्ध हुने अनुदान सहयोगका कार्यक्रमबाट लाभान्वित हुन आग्रह गरे ।
प्रदेश सरकारबाट २ सय ३० किसानलाई प्राप्त अनुदान रकम मध्ये अधिकाश किसानलाई आजै दिउसोसम्ममा बितरण गरीएको र केही छुट भएका किसानलाई संस्थाको कार्यालयबाट यो साताभरी बितरण गरीने व्यवस्थापक शोभाखर भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया