संघीय संसद् सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।
सांसदहरूमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनोको समस्या लिएर पुग्ने गरेका छन् । सचिवालयमा कार्यरत डा. एई अन्सारीले मुटु, किड्नीको उपचार लगायतका जटिल उपचार तथा अप्रेसनका लागि आफूहरूले सरकारी अस्पतालमा उपचार गराउन सिफारिस गर्ने र सांसदहरूले उपचारबापतको बिल पेस गर्दा रकम भुक्तानी गर्ने बताए ।
सबैभन्दा बढी उपचार खर्च लिने सांसद
शान्ति अधिकारी जिसी रु. २,३३,३६९
सानु शिवा रु. ८४,४४३
ज्ञानकुमारी छन्त्याल रु. ३८,१७३
प्रकाश पन्थ ३४,६२२
घनश्याम खतिवडा रु. २६,६१३
-नयाँ पत्रिकाबाट
प्रतिक्रिया