ताजा अपडेट »

प्रतिनिधिसभा बैठक : गुठी र लोकसेवा विज्ञापनमा सांसदको चासो

आइतबार, ०१ असार २०७६

असार १,

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सत्यनारायण शर्मा खनालले भू-माफिया र नेपाली संस्कृति विरोधीको बहकाउमा  सरकारले गुठी विधेयक ल्याएको भन्दै  विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए। सांसद शान्तिमाया तामाङ पाख्रिनले लोकसेवा आयोगको  विज्ञापन संविधानको मुल्य र मान्यताविपरीत भएको भन्दै विज्ञापन खारेज गरी संविधानमा उल्लेख समानुपातिक समावेशी व्यवस्थाअनुसार विज्ञापन गर्न आग्रह गरिन्।

सांसद सीतादेवी यादवले लोकसेवा आयोगको विज्ञापनलाई सच्याई समावेशी र समानुपातिक बनाएर प्रकाशन गर्न माग गरिन्।बहादुरसिंह लामाले संविधानको बर्खिलापमा रहेकाले लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गरे । सांसद लक्ष्मी परियारले राष्ट्रिय दलित आयोगको पदाधिकारी चयनमा ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। सांसद विना कुमारी श्रेष्ठले घरेलु श्रमिकमा श्रम ऐन कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।