असाज १, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले गुठी विधेयकमा भएका कमी कमजोरी सच्याउन सकिने बताएका छन् । युरोप भ्रमण सकेर आज आईतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक शतप्रतिशत सही नबनेको पनि हुन सक्ने भन्दै आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् ।
गुठी
विधेयकको विषयलाई लिएर
केही
पक्षले
जनता
भड्काउन खोजेको
भन्दै
ओलीले
असन्तुष्टी व्यक्त
पनि
गरे
।
“विरोधको भावनाले जनता
भड्काउन खोज्नु
हुँदैन,
अब
जनता
भड्किदैनन् पनि
।
कमजोरी
भयो
भने
सरकारले सच्याइहाल्छ नि यो
जनताकै
सरकार
हो,
जनताप्रति प्रतिवद्ध भएर
काम
गर्छ
।”
ओलीले
भने
।
“हाम्रो
संस्कृति र
परम्परासँग जोडिएका गुठीहरुको विषयमा
कुरा
बेग्लै
हुन्छ,
सरकारले जे
आवश्यकता पर्छ
त्यो
गर्छ,
सरकार
जनताको
हितमा
नै
काम
गर्छ
।”
उनले
थपे
।
प्रधानमन्त्री ओली नौ दिने विदेश भ्रमण सकेर आईतबार स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया