काठमाडौं। नेपालमा कोरोना भाइरसका ३०३ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार १२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।मन्त्रालयको कोभिड १९ सम्बन्धी जानकारी सार्बजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा एन्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमणको पुष्टि भएको बताए । उक्त संख्या आरटीपीसीआरबाट सङ्क्रमणको पुष्टि भएकामा जोडिएको छैन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ११ जना भक्तपुरमा, १५ जना ललितपुरमा र १२८ जना काठमाडौंमा सङ्क्रमितको पहिचान गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।पछिल्लो चौबीस घण्टामा १४१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार २७ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले एक ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० जनाको मृत्यु भएको छ ।हाल दुई हजार ९६१ जना आइसोलेशनमा र ८३ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १२ हजार ९०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया