ताजा अपडेट »

म्यान्मार: एकैदिन ८० बढी प्रदर्शनकारीको गोली हानी हत्या

आइतबार, २९ चैत्र २०७७

काठमाडौँ । म्यान्मारको बगो सहरमा सेनाको गोली लागेर ८० जनाभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेर प्रदर्शनकारीमाथि गोली चलाएको बीबीसीले जनाएको छ । मृतकहरूको शव सेनाले लिएर गएको र ज्यान गुमाउनेको सङ्ख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ । 

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। म्यान्मारको मुख्य सहर यान्गुन नजिकैको बगो सहरमा शुक्रवार सो हिंसा भएको हो। तर, घटना बाहिर आउन दुई दिन लाग्यो किनभने धेरै बासिन्दालाई नजिकैको गाउँमा जान बाध्य पारिएको थियो।

पर्यवेक्षण गर्ने एउटा कारी समूह असिस्टन्स अशोसीएशन फर पलिटिकल प्रिजनर्स (एएपीपी)ले ज्यान गुमाउने मानसिको सङ्ख्या त्योभन्दा धेरै हुन सक्ने देखिएको जनाएको छ।-एजेन्सी