धुलो, धुवाँ, विभिन्न रासायनिक पदार्य केमिकलहरु, आणविक हातहतियार निर्माण तथा प्रयोग गर्दा उत्पन्न हुने हानिकारक ग्यासहरु वायुमण्डलको हावामा मिसिन गई हावा दुषित हुनु नै बायु प्रदूषण हो । मानिस लगायतका जिवित प्राणीको लागि आवश्यक पर्ने हावामा धुलो,धुवाँ, हानिकारक ग्यासहरुले गर्दा बायु प्रदुषण हुन्छ र प्राणिको स्वास्थ्यमा नकरात्मक असर पर्दछ । यस बर्ष केही महिना अगाडी देखि अत्याधिक खडेरी परी पानी नपरेको हुदाँ वायूमण्डलमा देखा परेको अस्वाभाबिक वातावरणीय परिस्थितीका कारण नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मनत्रालयले पनि चैत्र १६ गते प्रेस विज्ञप्ति निकाल्दै चैत्र २० गते सम्म सबै शिक्षण संस्थाहरु विदा दिने निर्णय समेत गर्यो ।
केही वर्षदेखि वायु प्रदुषणको मात्रा तीव्र गतिमा बढ्दो छ यसले वातावरण, जनस्वास्थ्य र अर्थतन्त्रमा समेत गम्भिर असर परिरहेको छ । वायु प्रदुषणलाई एक प्रकारको धुम्रपान पनि भन्ेन गरेको पाईन्छ । त्यस्तै वैज्ञानिकका अनुसार हालको वायु प्रदुषणको अवस्था अनुसार मानिसको आयु २–३ प्रतिशत सम्म घट्ने बताउँछ त्यस्तै छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनले वायु प्रदुषणका कारण हरेक दश जनामा ४ जनाको फोक्सो खराव भएको देखाएको छ । अहिलेको युग बिज्ञान र प्रविधिको युग कहि कतै बिज्ञान र प्रविधिको प्रयोगको कारणले नै प्राणीहरुमा बढी असर गरिरहेको त छैन ।
हालका दिनहरुमा विभिन्न तथ्यांक अनुसार काठमाडौँ फोहोर र वायु प्रदुषणमा उच्च जोखिम रहेको देखाएका छन् । हामिले फेर्ने हावामा धुलो, धुवाँ र ग्यासहरु श्वासप्रस्वास प्रणालीबाट मानव शरीरमा पसेपछि फोक्सो, घाँटी मुटु लगायतका अंगहरुमा हानी पुर्याउँछन् । खासगरी पुराना डिजल गाडीहरुको प्रयोग, घरमा खाना पकाउन प्रयोग गरिने दाउरा, गुइँठा,कोइला, पराल, भुसहरु बन जंगलमा आगोलागी आणविक हातहतियार निर्माण तथा प्रयोग विभिन्न रासायनिक ग्यासहरुको प्रयोग सडक निर्माणमा प्रयोग गरिने अलकत्रहरुको आगो, गाडीका टायर, प्लाष्टिक जन्य पदार्थहरु, रासायनिक मलहरुको प्रयोग आदी छन् । वायु प्रदूषणले मानिस लगायतका जिवीत प्राणीका साथै हरेक क्षेत्रमा असर गरिरहेको हुन्छ।
वायु प्रदूषणको अवस्थामा मानिसहरुले फेर्ने हावामा धुलोका कणहरु श्वासप्रश्वास बाट लाग्ने बिभिन्न रोगहरु घाँटी खिसखस,टि.भी,आँखा पोल्ने चिलाउने, नाकबाट पानी बग्ने , आशु आउने,मानसिक तनाव त्यस्तै गरेर रासायनिक पदार्थ र ग्यासहरुको कारण ओजन तहको विनास भई सूर्यबाट प्रत्यक्ष रुपमा हानिकारक किरणहरु पृथ्वीमा आई क्यान्सर लगायत बिभिन्न रोगका साथै अत्याधिक गर्मीका कारण बन्यजन्तु लोप सम्म हुने, अति बृष्टि, अना बृष्टि आदि समस्या देखा पर्दछन् । आजका दिनहरुमा वायु प्रदुषण चूनौतीको रुपमा देखा पर्दे गर्दा वायु प्रदुषण नियन्त्रणका लागि यस्ता उपायहरु अपनाउन सकिन्छ ।
सबैभन्दा पहिले आम नागरिकले आफ्नो ठाँउबाट कदम चाल्न सुरु गर्नुपर्यो आफ्नो घरभित्र बाट निस्कने धुवाँ नियन्त्रण गर्नका लागि सुधारिएको चुलो, ग्यास बिजुली बत्तिहरुको प्रयोग गर्ने, राज्यले नेपाल राजपत्रमा सूचना प्रकाशन गरे बमोजिम मापदण्ड बिपरितका सवारी साधन औद्मोगिक प्रतिष्ठानहरुलाई रोक लगाउने, स्थानीय सरकारहरुले वायु प्रदूषण सम्वन्धी नीति नियम निर्माण गराई कार्यान्वयन गर्ने बाहिर, बाहिर निस्कदा माक्स चस्माहरुको प्रयोग गर्ने, बन जंगल संरक्षणका साथै वृक्षारोपणका अभियान सञ्चालन गर्ने जस्ता विभिन्न उपायहरु अपनाउनु पर्ने देखिन्छ । आजका दिन हरुमा वायु प्रदूषण जिवित प्राणिहरुका लागि चूनौती बन्दै गएको छ । भोलीका दिनहरुका लागि आजबाट नै सोचौँ दिगो बिकासका लागि पहल गरौँ । स्वास्थ्य नै धन हो । सबैले आ-आफ्नो ठाँउबाट वायु प्रदूषण नियन्त्रणका लागि परांै ।
प्रतिक्रिया