ताजा अपडेट »

सरकारले बिस्थापित बनाउन खोजेको लेखापढि व्यवसायीको गुनासो

शुक्रबार, २७ चैत्र २०७७



भैरहवा । लेखापढि ब्यवसायीहरुले सरकारले भु–सेवाको नाममा लेखापढि व्यवसायीहरुलाई बिस्थापित बनाउन खोजेको आरोप लगाएका छन् । उनले २०५२ सालदेखी नै सरकारले लेखापढि व्यवसायीहरुलाई कहिले बिचौलिया, कहिले दलाल लगायत भन्दै उनीहरुलाई बिस्थापित बनाउने योजना फेल बनाउदै आएकोले सरकारको यो योजना पनि फेल गर्ने दावी गरे ।

शुक्रबारदेखी रुपन्देहीको बुटवलमा सुरु भएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको आठौँ राष्ट्रिय महाधिवेशनमा बोल्ने वक्ताहरुले सरकारले बिभिन्न बहानामा ब्यवसायीहरुलाई बिस्थापित पार्ने योजना असफल बनाउदै आएको र आगामी दिनमा पनि यो कायम राख्न कार्यगत एकताको आवश्यकता औल्याए । उदघाटन सत्रमा बोल्दै एसोसिएसनका निर्वतमान केन्द्रिय अध्यक्ष तेज प्रसाद ढकालले सरकारका सबै बिषयहरु संग सहमत हुन नसकिने बताए । सम्पूर्ण ब्यवसायीहरुको पेशाको संरक्षण र सुरक्षित गर्न नै राष्ट्रिय महाधिवेश आवश्यक रहेको औल्याए ।

यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवम नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले लेखापढि ब्यवसायीमा थप दक्षता आवश्यक रहेको औल्याए । उनले समय अनुसार लेखापढि ब्यवसायीलाई अद्यावधिक हुन आग्रह गरे । चैत्र २७, २८ र २९ गते रुपन्देहीको बुटवलमा सम्पन्न हुने भएको छ । “पेशागत दक्षता, अभिवृद्धि र व्यावसायिक मर्यादाको लागि अग्रसर बनौँ, अद्र्धन्यायिक निकायमा रहेका विकृति र विसंगति विरुद्ध सघर्ष गरौँ” भन्ने नारा सहित सुरु भएको महाधिवेशन ३ दिन सम्म चल्ने छ ।

लेखापढी व्यवसायी विरुद्ध हुने षडयन्त्रको पर्दाफास गरौँ, सम्पूर्ण लेखापढी व्यवसायीहरु एकजुट होऔँ‘ भन्ने मूल नाराका साथ यसअघि गत वर्षको चैत्र १४, १५ र १६ मा हुने भनिएको आठौँ राष्ट्रिय महाधिवेशन विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण हुन सकेको थिएन । अहिले अलि सहज भएकोले आठौँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार बुटवलमा महाधिवेश सुरु भएको हो । १ हजार बढी प्रतिनिधि एवम पर्यवेक्षक महाधिवेशनमा सहभागी रहेको सह– आयोजक समितिका संयोजक दुर्गामणि ज्ञवालीले जानकारी दिए ।

नेपाल राज्यभरका २० हजारभन्दा बढी लेखापढी व्यवसायहरुको प्रतिनिधित्वमूलक पेशागत संगठन नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको विधान, २०६३ एवं निर्वाचन नियमावली, २०६४ बमोजिम आगामी चारवर्षे कार्यकालको लागि केन्द्रीय समितिको महाधिवेशन हुन लागेको हो । महाधिवेशनले यस कार्यकालमा भए गरेका कामहरुको समीक्षा र आगामी चारवर्षका निमित्त कार्यक्रम, कार्ययोजना, नीति समेत निर्माण गर्नेछ । आसन्न महाधिवेशन सम्पन्न गर्न एसोसिएसनको रुपन्देही जिल्लास्थित इकाइ समिति बुटवल, इकाइ समिति भैरहवा, इकाइ समिति यातायात वुटवल र इकाइ समिति मजगवा (मर्चवार) समेत चारवटा इकाइ समितिहरुको संयुक्त सह–आयोजनामा सम्पन्न हुदै छ ।


एशोसिएसनका महासचिव कृष्ण प्रसाद दाहालका अनुसार आसन्न महाधिवेशनले घोषणापत्र पास गर्ने, बन्दसत्रले नीति तथा कार्यक्रम एवं आर्थिक प्रतिवेदन पास गर्नेछ । साथै ३३ सदस्य केन्द्रीय समितिको निर्वाचन समेत महाधिवेशनमा हुने बताइएको छ । साथै प्रत्येक प्रदेशबाट एक एक जनाको दरले देशभरका सातवटा जिल्ला वा इकाइ (प्रदेशस्तरमा उत्कृष्ठ भएकालाई पुरस्कृत र महाधिवेशन सहआयोजकलाई कदरपत्र प्रदान गरिनेछ । महाधिवेशनमा देशैभरिबाट हजारको संख्यामा प्रतिनिधि, पर्यवेक्षक एवं अन्य गरी दुईहजारको सहभागिता रहने र ११ सय जनाले बन्दसत्रमा भाग लिने समेत महासचिव दाहालले बताए ।