ताजा अपडेट »

१५२ सङ्क्रमित, ६५ कोरोनामुक्त, एकको मृत्यु

विहीबार, १९ चैत्र २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १५२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २१३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७२ हजार ८५१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ । हाल निको हुने दर ९८.३ प्रतिशत छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको कोरोनाले गर्दा मृत्युको पुष्टि भएको छ । हालसम्म तीन हजार ३१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।हाल एक हजार ५७९ जना आइसोलेशनमा र ६३ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५४० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।