बुटवल । रुपन्देही जिल्लालाई प्रमुख पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न र पर्यटकको बसाई ल¬म्बाउन, नयाँ पर्यटकिय गन्तब्यहरुको पहिचान, बिकासमा साझेदारीगर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले अगुवायी गर्ने गरि अभियान शुरु गरेको छ । पाल्पा जिल्लामा अवस्थीत ऐतिहासिक एवम् पर्यटकीय स्थल नुवाकोट गाँउमा संघले बुधवारदेखि आयोजना गरेको २ दिवसिय वार्षिक कार्ययोजना निर्माण कार्याशाला गरेर नयाँ रणनीति योजना बनाएको छ ।
कोभिडको प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव पर्यटनजन्य व्यवसाय र होटल रेष्टुरेण्टमा नै परेको यस विषम परिस्थीतीमा व्यवसाय बचाउनु र संघको भूमिकालाई अझ प्रभावकारी बनाउनु तथा व्यवसायहरुले पूर्ण क्षमतामा काम गर्न पाउने अवस्था सिर्जना गर्नु पनि कार्यशालाको लक्ष्य रहेको छ । यस विषम परिस्थितीमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले योजनाबद्ध तरिकाले लड्न सकियोस भनि यो रणनैतिक कार्य योजना तयार पारिएको बताए । उनले योजनावनाएर अगाडी बढदा संस्थाले लक्ष्य प्राप्त गर्न सहज हुने समेत बताए । संघको सबल र कमजोर पक्षहरुको पहिचान गरी परिवर्तित परिस्थीती अनुसार आफ्नो संस्थालाई सबल सक्षम र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने संस्थाको रुपमा अगाडी बढाउन कार्य योजना तय गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।उनले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य तय गर्ने रणनैतिक कार्योजनाको प्रमुख लक्ष्य रहेको समेत बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निर्वमान अध्यक्ष समुन्द्र जिसीले व्यवसायीका समस्या र पेशागत सुरक्षाका लागि पैरवी गर्ने पर्यटन प्रवर्द्धन बजारीकरण तथा व्यवसाय विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको औल्याए । रणनैतिक कार्य योजना कार्याशाला सहजकर्ता तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका प्रमुख मुकुन्द ज्ञवालीले संघको संस्थागत सुदृढीकरणको लागि आगामी दुई वर्षको रणनैतिक कार्य योजना तयार पार्ने र सोही अनुसार कार्यक्रम संचालन गर्न अपरिहार्य रहेको औल्याए ।
सो अवसरमा पर्यटन क्षेत्रको दिगो बिकासका लागि सबै क्षेत्रसँग समन्वयात्मक भूमिका होटल उद्योग तथा यसका सदस्यहरुको ब्यवसायीक सुरक्षा तथा सदस्यहरु बीचको आपसी समझदारी वृद्धि गर्न संस्थालाई राजनैतिक गन्धबाट अलग राख्न सकेमात्र पर्यटनको विकासमा कोशेढुङ्गा सावित हुनेमा सहभागिहरुले जोड दिएको संघका महासचिव माधवकुमार खनालले बताए ।
प्रतिक्रिया