ताजा अपडेट »

प्रभु बैंकद्वारा लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी र कृषि उपजलाई क्यूआर कोड वितरण

बुधबार, १८ चैत्र २०७७


बुटवल । नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंकहरुको अभियानको रुपमा रहेको विद्युतिय कारोबारलाई सहयोग पुग्नेगरी प्रभु बैंकद्वारा बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजारमा क्यूआर कोड वितरण गरेको छ । बैंकले बुधबार एक समारोहका बीच क्यूआर कोड वितरण गरेको हो।

कार्यक्रमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्वबारे जानकारी गराउँदै लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ र कृषिउ पजथोक बजारका व्यवसायी तथा आसपासकाव् यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल र कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष घनश्याम भुषालले बोल्दै बैंकलाई धन्यवाद ज्ञापन गरे । क्यूआर कोड हस्तान्तरण कार्यक्रम प्रभु बैंक लिमिटेड लुम्बिनी प्रदेशका, प्रमुखप्रदेश अधिकृत सुभाष कँुवर र पश्चिम ब्यापार केन्द्रका प्रबन्धक सन्तोष ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।