बुटवल । अखिल नेपाल फुटबल संघको आयोजनामा विहिबारदेखि ए डिभिजन राष्ट्रिय फुटसल लिग–२०७८ अन्तरगत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश छनौट चरणको खेल शुरु हुने भएको छ । सनराइज स्पोर्टस फुटबल एरिना भलबारीमा हुने प्रतियोगितामा ३ प्रदेशका ८ टिम बीच छनौट खेल हुने आयोजक एन्फा फुटबलका प्रमुख बिनोद गुरुङले बताए ।
फाईनलमा बिजेता टिमले नगद १० लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । प्रदेश छनौट प्रतियोगितामा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बीच ३ दिनसम्म छनौट खेल हुनेछ । यसअघि नै प्रदेश १ मा भएको ८ टिम बिचको छनौट खेलबाट विजेता र उपविजेता दुई टिम छनौट भैसेका छन् ।
यसैगरि प्रदेश ३ मा हुने छनौट खेलबाट ४ टिम र प्रदेश ४ बाट २ वटा गरि फाइनलमा १० टिम हुने उनले बताए । छनौट भएका १० टिमले १ लाख रुपैयाका दरले क्लब ब्यवस्थापन र यातायात खर्च प्राप्त गर्नेछन् । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ । यसैगरि पाँच जना विधागत खेलाडी, प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।
छनोटमा परेका टिमहरुलाई ए डिभिजनको मान्यता दिनुका साथै फुटसल सम्बन्धि नियमहरुमा एकरुपता ल्याइने एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसीले जानकारी दिए । एन्फा लिग कमिटि सदस्य दयाराम सापकोटाले फुटसल खेलको आकर्षणलाई मध्येनजर गरि कार्यक्रम गर्न लागेको बताए ।
प्रतिक्रिया