ताजा अपडेट »

बढी टिकट बिक्री गरेपछि पारामाउन्ट इभेन्टका सञ्चालक प्रहरी नियन्त्रणमा

आइतबार, २६ जेठ २०७६

प्रहरीले भारतीय गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो। नेहाले शनिबार लर्ड अफ ड्रिंक्स क्लबमा शनिबार प्रस्तुति दिएकी थिइन्। क्लबको सबै स्थानमा मान्छेको घुइँचो रहे पनि त्यत्तिकै युवा टिकट लिएर बाहिर बसेका थिए।

‘क्षमताभन्दा बढी टिकट विक्री गरेका रहेछन्,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने ‘कलाकारको सुरक्षा मिलाउनै अप्ठेरो हुने ब्यवस्थापन थियो।’ घिमिरेले प्रस्तुति हेर्न नपाएकाहरुको टिकटको रकम फिर्ता गर्ने बाचा गरेका छन्। प्रहरीलाई समेत सुरक्षा मिलाउन भिडका कारण हम्मेहम्मे परेको थियो।