ताजा अपडेट »

गाउँपालिकामा २ करोड बढी लागतको स्वास्थ्य चौकी

आइतबार, २६ जेठ २०७६




जेठ २६,
ग्लोबल आवाज

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा स्थानीयको पहल र नेपाल सरकारको सहयोगमा निर्माण भएको स्वाथ्य चौकीको विधिवत सुरुवात भएको छ । कञ्चन गाउँपालिका–४ हरैयामा नेपाल सरकारको २ करोड ६४ लाख लगानीमा निर्माणभएको स्वाथ्य चौकी भवन बनेपछि स्थानीय हर्षित बनेका छन् । ६ कट्ठा १ धुर क्षेत्रफल जग्गामा निर्माण गरिएको स्वाथ्य चौकीमा खुला चौर सहित स्वथ्यकर्मीका लागि दुईवटा आवासीय सुविधा सहितको हल तथा एउटा ठूूलो सभाहल सहित प्रसुति सेवा तथा अन्य सामान्य स्वाथ्य सेवाका लागि फरक–फरक कक्ष सहितको भवन निर्माण गरिएको स्वाथ्यचौकी व्यवस्थापनका उपाध्यक्ष नन्दबहादुर खड्काले जानकारी दिए । वि.स. २०४९ सालमा उपस्वाथ्य चौकीका रुपमा स्थापना भएको यस स्वाथ्य चौकी वि.स. २०६८ सालमा स्वाथ्य चौकीका रुपमा स्तरोन्नती गरी सेवाप्रदान गर्दै आएको उनले जानकारी दिए ।


कपिलवस्तुको साविक पतना गा.वि.स. सहित रुद्रपुरका ३, ४ र ५ तथा गजेडी १ र २ का गरी ३५÷४० हजार जनताले सेवा लिनसक्ने यस स्वाथ्येचौकी निर्माणका लागि स्थानीयले आर्थिक संकलन गरी जग्गा खरिद गर्नुका साथै स्वतस्फूर्त रुपमा स्थानीयले उपलब्ध गराएका जग्गा र स्वाथ्य चौकीको १ कट्ठा १० धुर जग्गा गरी ६ कट्ठा १ धुरमा स्वाथ्येचौकी निर्माण गरिएको खड्काथोकीले जानकारी दिए । स्थानियको पहलमा वि.स. २०६७ सालमा ७ लाख बढी रकम संकलन गरी स्थानिय खडक बहादुर शेरचनले एक कठ्ठा पांच धुर, धर्मादेबी थापाले पांच धुर, उम बहादुर रानाले एक कठ्ठा, चन्द्रकला काउचाले एक कठ्ठा, नन्द बहादुर खडकाथोकीले दश धुर र पुजा थापाले एक कठ्ठा जग्गा न्यून रकममा जग्गा उपलब्ध गराई स्वाथ्येचौकीको स्तरोन्नती र आधुनिक भवन निर्माणका लागि पहल गरिएको थियो ।


भवन निर्माणका लागि नेपालसरकारबाट २०७४ साल वैशाख २४ गते टेन्डर आह्वान भई निर्माणको जिम्मा पाएको एसिएटिक ईन्जिनियरिङ विल्डर्स कम्पनी बुटवलले कर बाहेक रु.२ करोड ४३ लाख ५० हजार ४ सय ७३ रुपैया ४३ पैसाको लागतमा भवन तयार गरेको हो । वि.स. २०६५ साल फागुनदेखि प्रस्तुती सेवा समेत उपलब्ध गराउँदै आएको यस स्वाथ्यचौकीलाई नेपाल सरकारको नीति अनुसार १५ संैयाको अस्पतालका रुपमा स्तरोन्नति गर्नका लागि माग गरिएको वडा नम्बर ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्रीले जानकारी दिए ।


सो नव निर्मित भवनको शुभारम्भ गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराइले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । भट्टराइले कञ्चन गाउँपालीकामा बिशेषज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल छिटै बन्ने आस्वासन दिँदै सो को लागि गाउँपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन् ।
कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले हरेक वार्डहरुमा स्वास्थ्य चौकी बन्ने र सोको लागि बजेटको ब्यवस्था गरिने बताएका छन्। बिशेषज्ञ चिकित्चक सहितको कम्तिमा १५ शैंयाको अस्पताल बनाउने योजनाका लागि पनि गाउँपालिकाले आवश्यक बजेट विनियोजन र पहल गर्ने उनको प्रतिबद्धता छ ।