ताजा अपडेट »

तीन हजार ९६३ परीक्षणमा १४५ सङ्क्रमित, ९० निको भए

बुधबार, ११ चैत्र २०७७

काठमाडौं। नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो बीस घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीले बताएका हून्। । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म तीन हजार २० जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।यस्तै, काठमाडाैं उपत्यकामा ६३ जनामा काेराेनाकाे भाइरस थप भएकाे छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडाैं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् ।