ताजा अपडेट »

दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाए

मंगलबार, १० चैत्र २०७७

सोल। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएका हून् । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो । सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखा परेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा सो भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।

राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाएको यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ ।राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जानुहुने भएको छ । उनि आगामी जुन महिनामा देश बाहिरको जानु हुने भएको एक समाचारमा जनाइएको छ ।त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएको प्राप्त समाचारमा जनाइएको छ । जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनः यो खोप लगाउन थालेका बताइएको छ ।

ती देशमा पनि यो खोप लगाएका विरामीमा रगत जम्ने समस्या देखा परेको भन्दै सो खोप रोेकेका थिए । तर अहिले भने युरोपियन मेडिसिन एजेन्सीले सो समस्या नदेखिएको र खोप सुरक्षित रहेको भनेपछि उक्त खोप ती युरोपेली देशले पनि लगाउन थालेका हुन् ।विश्व स्वास्थ्य संगठनका विज्ञले खोप सुरक्षित रहेको दाबी गरेका थिए । विश्वमा हाल २७ लाख ३५ हजार भन्दा बढी मानिसको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय इएमएले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाइमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्णसत्यता छैन ।विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।