काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस विपक्षी पार्टी भएकोले तत्काल सरकारमा नजाने बताएका हुन् । ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ । कांग्रेसले सरकार बनाउँदैन,’ देउवाले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरा पनि भएन ।’
प्रतिक्रिया