कञ्चन । रुपन्देहीको कञ्चनमा गत हप्ता एकै दिन हराएको दुई मोटरसाइकलको कुनै अत्तोपत्तो लागेको छैन । कञ्चन गाउँपालिकाको रुद्रपुरमा चोरी भइराख्नु कुनै नौलो होइन तर चोरी भएको सामान र चोरी गर्ने व्यक्तिको पत्ता लागेर कार्वाही भइरहेको खवर पनि कञ्चनवासीले थाहा पाउन पनि सकेका छैनन् ।
यसैबिच मंगलवार राती कञ्चन गाउपालिका वडा नं. ३ प्रतापुरबाट पुनः विद्युुत ट्रान्सर्फमर चोरी भएको छ । अस्थाई प्रहरीचौकीदेखि करिब २ सय मिटर पश्चिमको दुरीमा दिप ट्युवेलमा सिंचाइका लागि जडान गरिएको नेपाल विद्युुत प्राधिकरण लुम्बिनी प्रसारण शाखा अन्तर्गतको २५ के.भि.ए.को ट्रान्सर्फमर चोरी भएको छ । चोरहरुले उक्त ट्रान्सफर फोडेर ट्रान्सर्फमर भित्र रहेको तामाका तार लगायत विद्युुतिय सामग्री चोरेर लगेको अस्थायी प्रहरी चौकीका प्रमुख सिताराम यादवले जानकारी दिए ।
विद्युुत चार्ज समेत भएको उक्त ट्रान्सफरको चोरी के कसरी कसले चोर्यो भन्ने कुराको अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकीका प्रमुख सिताराम यादवले जानकारी दिए । गत हप्ता सोही स्थानबाटै स्थानीय बिन्दु कुंवरको १५० सि.सि.को पल्सर मोटरसाइकल निजकै घरैबाट चोरी भएको थियो भने गत वर्ष गैडहवा गाउपालिका वडा नं. २ जोगडा स्थित भैलुभुजा सिंचाईमा जडान भएको २ सय केभिएको ट्रान्सर्फमर र रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ गरगरेमा जडान गरिएको ट्रान्सर्फमर समेत चोरी भएको थियो ।
प्रतिक्रिया