ताजा अपडेट »

कोरोनाले सावित्रालाई सिकायो कौशी खेती

आइतबार, ०८ चैत्र २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ कैलाशपथबाट थोरै भित्र पुगेपछि घरको कौंशीमा तरकारी लटरम्म फलेको देखिन्छ । बाटो हिड्ने जो कोही एक पटक घरको कौंशी चियाउँछन् । यो त्यहि घर हो जसमा सावित्रा भण्डारीले घरकै कौशीमा लोभ लाग्दो तरकारी खेती गरेकी छन् । धेरै संचारमाध्यमबाट सार्वजनिक भइसककेकी सावित्रालाई भेटन हामी उनको घरमा पुग्दा कौशीमा पानी चहार्दै थिइन् । उनको ब्यस्त दैनिकिबारे हामीलाई बुझ्नु थियो ।

उनको कौशी खेती अवलोकन गरेपछि हामी गफिन थाल्यौं । गोलभेंडा,सिमि,फर्सी,लौका,घिरम्ला सँगै फूलहरुले कौशी भरिएको थियो । शुरुमा हामीले उनको ब्यस्त दैनिकिबारे सोध्यौं,सानै सही खेती अवलोकन गर्न आउनेहरुसँग गफिँदैमा आफ्नो समय बित्ने गरेको उनले सुनाइन् । अहिलेपनि विभिन्न सञ्चारमाध्यमबाट, विभिन्न गाउँबाट,खेती हेर्न आउने गरेको उनले बताइन् । ‘यहाँ आएर प्रसंशा गर्नुहुन्छ खुसी लाग्छ, मैले राम्रै काम गरेछु कि भन्ने लाग्यो ।’ उनले अलिकति हाँस्दै सुनाइन्।

खेतीको सुरुवात
विश्व कोरोना महामारीका कारण आक्रान्त थियो । संसारका धरै मुलुक बन्दाबन्दीमा थिए । नेपाल पनि अछुतो थिएन। ब्यस्त दैनिकिबाट धरै मानिसले आराम पाएका थिए । कसैलाई लामो समय बन्दाबन्दी हुन्छ भन्ने लागेको थिएन । सावित्रा पनि कपडा पसल गरेर बसेकी थिइन्, त्यो पनि बन्दाबन्दीका कारण प्रभावित भयो । स्भाविकैले हो बन्दाबन्दीका बेला इन्टरनेटको प्रभाव बढेको थियो । सावित्रालाई पनि इन्टरनेटको प्रभाव नपर्ने कुरै थिएन । उनलेपनि ईन्टरनेटमा आफ्नो दिन गुजारीरहेकी थिइन् ।

एकदिन टिकटक चलाउँंदै थिइन् । एउटा दृष्यले उनको ध्यााकर्षण गर्याे कौशीमा तरकारी खेती गरेको बिदेशको त्यो टिकटक भिडियो हेरेर उनका मनमा पनि कौशी खेती गर्न सकिन्छ कि भन्ने लाग्यो । त्यो दिन मनमा अनेक कुरा खेले , कौशी खेती सहि हो कि होइन विश्वास लागेन ।’ उनले भनिन् । मलाई कौशी खेती हुन्छ कि हुँदैन भन्ने कुरामा द्धिविधा थियो । टिकटकको भिडियोले जिज्ञासा बढाइरहेको सावित्रालाई स्थानीय सत्यनारायण चौधरीसँगको भेटले कौशी खेती गर्ने मोह अझै बढाई दियो। चौधरी तिनै थिए ,गमलामा फूल रोपेर मालीको काम गर्थे,उनैले सावित्रालाई हौस्याई दिने गर्थे उपाय पनि सिकाए, कहिलेकाँही सावित्राले नसकेको बेला चौधरी दाईले हेर्ने रहेछन् ।

हामी कौशीमा पुग्दा सावित्रासँगै चौधरी दाई पनि संगै थिए । म सावित्रासँग गफिदै जाँदा बीच–बीचमा हतपत चौधरी दाईले जवाफ दिन्थे । उनले माटोमा कुन किटाणु प्रवेश गर्याे, माटोको अवस्थालाई राम्रोसँग पहिल्याउन सक्ने दाबी गरेका थिए । चौधरीले मुस्कुराउँदै भने ‘म माटोको डा. नै हो भन्दा पनि हुन्छ।’ कहिलेकाँही सावित्रालाई नहुने काममा हात हालियो जस्तो लाग्थ्यो,चौधरीले उनलाई प्रेरित गर्थे कौशी खेतीगर्दा हुने फाईदा सुनाउँथे । ‘कोशिस गरेपछि नसकिने भन्ने र नहुने भन्ने नहँुदो रहेछ ।’ भण्डारी भन्छिन् ।

त्यो भेट
सावित्रालाई लाग्थ्यो ,जीवन सामान्य तरीकाले चलिरहेको छ ,श्रीमान बाहिर हुनुहुन्छ छोराछोरी पढाउन पुगेकै छ । आफूले पनि सानो–तिनो काम गरिरहेकै छु । जीवनमा अहिलेको परिस्थतिमा आइपुग्न पनि २ ओटा भेट महत्वपूर्ण हुन् भन्ने लाग्छ । सावित्रालाई,पहिले सत्यनारायण चौधरी दाईसँगको भेट सावित्रा उनीसँगको भेटको सन्दर्भलाई निकै दोर्याई रहेकी हुन्छिन् । ‘चौधरी दाईसँग भेट नभएको भए तपाई मलाई खोज्दै कहाँ आउनुहुन्थ्यो ?’ उनले प्रश्न गरिन् ।

चौधरी दाईको कुरा नपत्याउँदा नपत्याउँदै लगाएको पिरो खुर्सानीले पिरो झापड हान्यो । र त उनलाई कौशी खेतीमा लगाव बढायो । हरियो तरकारीको स्वाद आफ्नै कौशीबाट पाउने सम्भावना देखेपछि आफुले कौशि खेती गरेको कुरा श्रीमानलाई सुनाएपछि श्रीमान्ले दिएको हौसलाले उर्जा थपेको उनले बताइन् ।‘आफूले गरेको सानो काम हेर्न प्रदेश सरकारका कृषिमन्त्री आरती पौडेल घरमै भेट्न पुग्दा उनको खुसीको सिमा नै भएन । सानो काम गरेकी थिएँ मन्त्री भेट्न आउनुहोला भन्ने कहिले सोचँेकी पनि थिइन आउनुभयो, भेट भयो अब थप जिम्मेवारी थपिएको महशुस गरेकी छु ।’ भण्डारीले सुनाइन् ।

अबको बाटो

भण्डारीको कौशी खेती देखेर उनका छिमेकीले पनि शुरु गरेका छन्। आफूजस्तै कौशी खेती गर्नेहरुलाई सिकाउने,बिदेश भएका श्रीमानलाई फर्काउने र तरकारी खेतीमा रमाउने उनको इच्छा छ । लगनशिल बन्ने हो भने धरै कुरा गर्न सकिन्छ भन्ने उदाहरण बनेकी भण्डारी सिक्न र खोज्न कहिल्यै छाड्न नहुने बताउँछिन् ।