ताजा अपडेट »

तीनहजार १८१ परीक्षणमा ७७ सङ्क्रमित, १०६ डिस्चार्ज

आइतबार, ०८ चैत्र २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसका ७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९६९ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।यस्तै, काठमाडाैं उपत्यकामा भक्तपुरमा दुई, ललितपुरमा पाँच र काठमाडाैंमा ३४ जनासहित ४१ जना सङ्क्रमित थपिएका छन् ।