काठमाण्डौं । नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा पत्रकार टी.पी भुसाल नियुक्त भएका छन् । गुल्मीका स्थायी बासिन्दा पत्रकार भुसाल दुई दशक देखि पत्रकारिमा संलग्न छन् । रुपन्देहीबाट पत्रकारिता सुरु गरेका भुसाल पछिल्लो समय काठमाण्डौमा रहेर पत्रकारिता, प्राध्यापन तथा प्रशिक्षणमा संलग्न रहदै आएका छन् ।
विभिन्न रेडियो, टेलिभिजन पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मावनशास्त्रमामा स्नाकोतकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन भने पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेजमा आमसञ्चार तथगा पत्रकारिता, आमसञ्चार तथा पर्यटन, सञ्चार कानून लगायतका विषयहरु अध्यापन गर्दै आएका छन् ।
रुपन्देही पत्रकार महासंघको पूर्व सहसचिव समेत रहेका भुसाल नेपाली रेडियो नेटवर्कमा कार्यरत रहेका छन् । भुसालले बोर्डमा सञ्चार पराशर्मदाताको रुपमा रहेर नेपालको पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यम, कुटनितिक नियोगहरुसँग समन्वय तथा प्रचारप्रसारको काम गर्नेछन् ।
प्रतिक्रिया