जेठ २२,
काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते (जुन २८) हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ । विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावनमागए निर्माण सम्पन्न भएको छ ।
एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ । तोकिएको समयमा पूरै काम नसकिउ पनि मुख्य कामहरु असार १३ गतेसम्म सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।‘धेरै प्रगति भएको छ, तोकिएको समय जुन २८ सम्म सबै काम नसकिए पनि मुख्य कामहरु सकिनेछन्, ’ उनले भने । - कारोबार दैनिक
प्रतिक्रिया