ताजा अपडेट »

सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट

विहीबार, ०५ चैत्र २०७७

काठमाडौँ । सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट भएकि छन् ।

सातदोबाटोमा बुधबार भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा आरडिएस क्लबकी खड्का बक्समाडौँकी डेचेन शेर्पालाई एकका विरुद्ध चार अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपका लागि छनोट भएकि हून्। यसअघि मङ्गलबार शेर्पाले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शून्यका विरुद्ध पाँच अङ्कले पराजित गरेकि थिईन् । खड्काले भने वाई पाउँदै फाइनलमा स्थान बनाएकि थिईन् ।

बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरका अनुसार ४८ किलो तौल समूहको छनोट खेलमा भने नक्सालकी सुष्मा तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपमा छनोट भएकि छिन् । छनोट प्रतियोगिता कार्यक्रममा राखेप नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।