बुटवल । ‘हेल्दी फूड, ह्याप्पी मुड’ को नारासहित बुटवलमा ईट वेल रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बुटवल-११ कालिकानगरमा ३ युवाहरुले संयुक्त लगानी गर्दै नयाँ स्वादसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
बजारमा पाउने परिकारहरुभन्दा फरक स्वाद पस्किने उद्देश्यसहित सञ्चालनमा ल्याइएको रेष्टुरेन्टमा सेवाग्राहीले आधा दर्जनबढी स्पेसल ‘ईट वेल फूड’ पाउने सञ्चालक प्रकाश घिमिरेले दाबी गरे । मानवीय स्वास्थ्यलाई ख्याल घरी ‘ईट वेल फूड’ अन्तरगत तेलरहित तथा न्यूनतम मात्रामा तेल प्रयोग गरिएका परिकारहरु उपलब्ध गराइने उनले बताए । ७० लाख बढी लागतमा सञ्चालन गरिएको रेष्टुरेन्टले शुराम्भको अवसरमा ‘प्रोफेस्नल ५ प्याक’ अफर ल्याएको छ । यो अफर अन्तरगत विभिन्न कार्यालय तथा घर-परिवारका लागि ५५० रुपैयाँमा ५ जनालाई पुग्ने मिक्स परिकारकारसहितको नास्ता उपलब्ध गराएने रेष्टुरेन्टले जानकारी गराएको छ । बुटवल क्षेत्रमा फ्रि होम डेलिभरीको व्यवस्था गरिएको सञ्चालक घिमिरले बताए । रेष्टुरेन्टका सल्लाहकार थानेश्वर पाण्डेले बजारमा ईट वेल स्पेशलका ८-१० आईटम फरक भएको दाबी गर्दै विजनेशको क्रममा भारत भ्रमण गर्दा धेरै रेष्टुरेन्टहरुमा लिएको अनुभवबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको बताए ।
चाइनिज, इण्डीयन तथा नेपाली परिकारहरु उपलब्ध रहने रेष्टुरेन्टमा हाल ३ जना कुकसहित १० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । रेष्टुरेन्टको शुराम्भ गर्दै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले व्यवसायलाई सेवामूखी र पृथक बनाउन आग्रह गरे । होटल तथा रेष्टुरेन्टका क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढीरहेका बेला अन्यलेभन्दा फरक स्वाद र विशेषता पस्कन सक्नुपर्ने उनले बताए । यसैगरी संघका महासचिव माधव खनाल, निवर्तमान सचिव मोहनलाल पाण्डे लगायतले बोल्दै आन्तिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै बुटवलमा सञ्चालन भएका होटल तथा रेष्टुरेन्टहरुले आ-आफ्ना फरक स्वात र सेवा सुविधा पस्कन जरुरी रहेको उल्लेख गरे । नागरिकको स्वस्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेवामुलक ब्यवसाय भएकाले विशेष सावधानी अपनाउन उनीहरुको सुझाव थियो ।
प्रतिक्रिया