ताजा अपडेट »

माविस्तरीय फुटबलमा स्मृति बोर्डिङ् विजयी

मंगलबार, ०३ चैत्र २०७७

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाद्वारा आयोजित अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले सिद्धार्थ बोर्डिङ् स्कलुलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

विजयी टिमलाई एक समारोहका बीच तिलोत्तमा नगरपालकिाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले पचास हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे । द्वितीय हुने सिद्धार्थ बोर्डिङ् स्कुलले तीस हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा वेस्ट प्लेयर स्मृति बोर्डिङ् स्कुलका सरोज दर्लामी भएका थिए भने बेस्ट गोलकिपर स्मृति बोर्डिङ्का सुयोग काला मगर र हाइ स्कोरर स्मृति बोर्डिङ् स्कुलकै सुवास बम ठकुरी भएका थिए ।

यसै गरी बेस्ट कोच स्मृति बोर्डिङ् स्कुलका पुकार गहतराज, बेस्ट डिफेन्डर जनज्योति माविका मनिस केप्छाके र फेयर टिम कुँवरवर्ती बोर्डिङ् स्कुलले प्राप्त गरेका थिए । फागुन २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १६ वटा विद्यालयले भाग लिएका थिए । जनज्योति क्लबको संयोजनमा सञ्चालित प्रतियोगिता तिलोत्तमा-४ स्थित जनज्योति क्लबको खेलमैदानमा सम्पन्न भएका थियो ।

https://www.globalaawaj.com/archives/90487