गुुल्मी । सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँ-गाउँमा नयाँ व्यवसायको सुरु हुन थालेका छन् । पछिल्लो समय जंगली चरा ‘कालिज’ मासुको बजार राम्रो भएपछि गुल्मीमा यसको व्यवसायिक पालन सुरु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० सिमीचौरमा सिमीचौरमा विदेशबाट फर्केर हुमाकान्ता अर्यालले कालिजको व्यावसायिक पालन सुरु गरेका छन् । काभ्रेपलाञ्चोकबाट चल्ला लिएर कालिज पालन सुरु गरिएको व्यवसायि अर्यालले बताए । रोजगारिको शिलसिलामा ७ वर्षसम्म कतारमा बसेका अर्यालले कभ्रेपलाञ्चोकमा साथीले कालीज पालेको देखेर सुरुवात गरेको बताए । अर्यालले ३५ लाखको लगानीमा सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टर मार्फत कालिजसँगसँगै केहि मात्रामा लौकाट र टर्की चरा पालेका छन् ।
अर्यालले ४ रोपनी जग्गामा घेराबन्दी गरेर कालिज पालन गर्दैै आएका छन् । गत साउनदेखि फर्म तयार गरेर ३ सय कालिजका चल्लाबाट सुरु गरेको अर्यालले बताए । उनको फर्ममा फ्रान्स र डेनमार्क जातको कालिज रहेका छन् । पछिल्लो समय स्थानीय सरकारले कृषकको उत्पादन बढाउन यन्त्र उपकरणदेखि बिभिन्न क्षेत्रमा सहयो गर्दै आएको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । रेसुङ्गा नगरमा कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी गर्ने बजारीकरणमा पनि सहयोग गर्दै आएको अर्यालको भनाई छ । कालिजको चल्ला राखेको ५ महिना पछि बल्ल बेच्न लाएक हुन्छ ।
अहिले अर्यालको फर्मबाट कालिज बिक्री गर्न सुरु भएको छ । कालिज प्रति एकको ३५ सयमा बिक्री हुने गरेको छ । उत्पादीत कालिज हाल केहि मात्रामा काठमाडौं र स्थानीय स्तरमा बिक्री हुने गरेको छ । कालिजको मासु स्वादीष्ट हुने भएकाले पनि यसको माग बढ्दो छ । कालिज उत्पादन ढिलो र बजारमा यसको उत्पादन काम भएकाले पनि यसको मुल्य महङ्गो रहेको छ । कालिज बेच्न सुरु गरेका अर्यालले आफु यस व्यवसायमा खुसी रहेको बताए ।
विदेशमा बगाउने पसिना स्वदेशमै लगनशिल भएर बगाए आम्दानी पनि गर्न सकिने प्रशसस्त सम्भावना रहेको अर्यालको भनाई छ । फार्मले निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको व्यवसायि अर्यालले बताए । फर्ममा तयार भएका भाले कालिज मासुको रुपमा बिक्री गरिने र पोथी कालिजबाट अण्डा उत्पादन गरी चल्ला उत्पादन गर्ने योजना अनुसार काम अघि बढेको अर्यालको भनाई छ । नेपालमा कालिजपालन व्यवसाय नौलो हो ।
प्रतिक्रिया