जेठ २०,
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ को बुल्ममा ७ हजार दर्शक अट्न सक्ने क्षमताको फुटवल रङ्गशाला बन्ने भएको छ । ७५ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको यो योजनाको जिम्मा अभियान निर्माण सेवा कालिकोटले पाएको हो । बुल्मको राङदाल चौरमा नेपालका प्रथम सहिद लखन थापाको नामबाट ‘लखन थापा फुटवल रगंशाला’ बन्न सुरु भएको हो ।
रङ्गशाला निर्माणका लागि इस्मा गाउँपालिकाले सहजीकरण गर्दै आएको गाउँपालिका उपाअध्यक्ष बिमला खत्रीले बताइन् । जिल्लामा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका ठूला आयोजना मार्फत बन्न लागेका निर्मणका कामले स्थानियमा उत्साह गजाएको उपाध्यक्ष खत्रीले बताइन । उहाँले गुल्मीमा अन्तराष्ट्रिय स्तरको फुटलबल रंगशाल बन्नु खुसीको कुरा रहेको उल्लेख गरिन ।
राष्ट्रियखेलकुद परिषदबाट बहुवर्षिय ठेक्का मार्फत साढे ६ करोडमा रुपैयाँमा काम सुरु भएको इस्मा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिरा जिसीले जानकारी दिए । गुल्मी सदरमुकाम तम्घासबाट करिव २० किलोमिटर दुरिमा पर्ने रङ्गशालाको जेठ १ गतेदेखि निर्माण सुरु गरिएको हो । फुटवल रंगशलाको १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको छ । अघिल्लो आर्थिक वर्ष समिति मार्फत १८ लाख विनियोजन भई सामान्य काम भएको रङ्गशाला निर्माणको कात्तिक मसान्तसम्म सकिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
रंगशला निर्माणको क्रममा तत्कालै बस्तीहरु हटाउन नपरेतापनि त्यहाँ रहेको एउटा प्राबि स्तरको बिद्यालय भने हटाउनु पर्ने देखिएको वडाअध्यक्ष जिसीले बताएका छन् । नजिकमा रहेका बस्तीलाई व्यवस्थीत गरि यस भेगकै परिचित लिपपोत गर्न प्रयोग गरिने रातोमाटोलाई पनि संरक्षण गरेर अगाडी वढिने जिसीले उल्लेख गरे ।
फुटवल रगंशालानिर्माण हुन थालेपछि नजिकै नयाँ बस्ती पनि थपिदै जान थालेका छन् । रंगशाला बन्ने भएपछि स्थानियलाई पनि फाइदा हुने भन्दै स्थानिय हुमकला दर्जिले खुशी व्यक्त गरिन । रंगशाला निर्माणको काम सुरु भएपछि स्थानिय हर्षित भएका छन् । ‘दर्जिले भनिन् ‘यहाँका सबैजना खुसि छन् छिटो सम्पन्न होस् । स्थानियले रोजगार पनि पाएका छन् । निर्माण सम्पन्न भएपछि बस्तीको विकास र परिवर्तन हुनेभएकाले हामी हर्षित छौं ।’ रगंशाला निर्माण स्थल श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया