बुटवल । ‘महिला सशक्तिकरणका लागि खेकूद’ भन्ने मूल नाराका साथ प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता-२०७७ पहिलो खेलमा जनउत्थान सहकारी महिला समुहले जीत दर्ता गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बुटवल ११ देविनगरमास्थित ग्रिनफिल्ड फुटसलमा जारी प्रतियोगिता अन्तरगत जनउत्थानले बुटवल उपमहानगरपालिकाको समूहलाई ७-० गोल अन्तरले पराजित गरेको हो । टिमका लागि रितु दर्लामी ४, सगुन बानियाले १ तथा यस्मीना गलामीले एक गोल गरेकी थिइन् ।
‘सचेत नारी, सचेत परिवार हरेक क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित महिलाहरुद्वारा बुटवलमा सञ्चालित रेडियो मुक्तिद्वारा अयोजित प्रतियोगिताको दोस्रो खेलमा आयोजक र मानव अधिकारका लागि एकल महिला समूह रुपन्देही बीच प्रतिस्प्रधा भइरहेको छ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद १० हजार ५ सय पुरस्कार राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टिमले नगद ५ हजार पुरस्कार राशी प्राप्त गर्ने कार्यक्रम संयोजक अमृता अनमोलले जानकारी दिइन् । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा ग्लोबल आवाज अनलाइन, राज्य टेलिभिजन र बुटवल टुडे राष्ट्रिय दैनिक मिडिया पार्टनर रहेको रुपमा रहेका छन् ।
प्रतिक्रिया