ताजा अपडेट »

लैङ्गिक अल्पसंख्यकका अधिकार सम्बोधन गर्न जोड

सोमबार, २० जेठ २०७६

जेठ २०,

बुटवल । यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अधिकारहरुलाई संबोधन नगरिकन सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता नपाउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकार विषयक अन्तरक्रियाको अवसरमा सहभागीहरुले यस्तो कुरा बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय प्रकाश वस्तीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारका विषयमा आयोग संवेदनशिल रहेको बताउँदै तेस्रो लिङ्गीहरुले भोगेका समस्याहरु वास्तवमै पीडादायी भएको बताए । सदस्य वस्तीले कुनै पनि व्यक्तिलाई कठै विचराको नाममा झन पीडा दिने काम गर्न नहुने बताउँदै आफ्ना अधिकारका निम्तिी खुलेर अगाडी बढ्न यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई आग्रह गरे ।

वस्तीले भने ‘कसैलाई पनि जात आधार, वर्गको आधारमा, लिङ्गको आधारमा, क्षेत्रको आधारमा विभेद गर्न पाइदैन । यदि विभेद गरिन्छ भने कानूनको नजरमा त्यो अपराध हो ।’ कार्यक्रममा निल हिरा समाज रुपन्देहीका अध्यक्ष आनिक रानाले यौनिक तथा लैङ्गिक अल्प संख्यकहरुको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । अहिले पनि तेस्रो लिङ्गीहरुलाई राज्यले फरक दृष्टिकोणले हेरेको भन्दै उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारको विषयमा राज्य संवेदनशिल नभएको बताइन् । उनले आफ्नो समुदायमा ५ वटा समुदाय (एलजीविटआई) रहेको र अहिले स्थानीय सरकारले पनि केही वजेट विनियोजन गर्न थालेको राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा समेट्न थालेको बताइन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा इन्सेक प्रतिनिधि रीमा बि.सीले राज्य व्यवस्थासँगै राज्यको मूलधारमा आउन नसकेका समुदायको अवस्था नफेरिएसम्म परिवर्तन नहुने भएकोले सकारात्मक सोंचको विकासका लागि सबैतह जवाफदेहि हुनुपर्ने बताइन्