ताजा अपडेट »

किसानलाई भौचर प्रणालीबाट मल

सोमबार, २० जेठ २०७६

जेठ २०,
काठमाण्डौ । सरकारले किसानलाई सहज होस् भनेर भौचर प्रणालीबाट मल उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानले पाउने मल कुन बालीका लागि हो भन्ने यकिन नहुँदा भौचर प्रणालीमार्फत् मल उपलब्ध गराउने तयारी थालिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले सहजरुपले किसानले मल पाउने र मलको दुरुपयोग हुन नदिनका लागि भौचर प्रणालीबाट मल उपलब्ध गराउने जानकारी दिए । सुवेदीले किसानलाई परिचयपत्र वितरण गरी लक्षित समुदाय र लक्षित प्रयोजनका लागि मलको अनुदान दिने र मलको दुरुपयोग हुन नदिन भौचर प्रणाली सुरु हुने जानकारी दिए । प्रवक्ता सुवेदीले सुरुको चरणमा ७ वटै प्रदेशबाट एक एक जिल्ला छनौट गरि यो प्रणाली लागू गरिने जानकारी समेत दिए ।