ताजा अपडेट »

तीन हजार ४८८ परीक्षणमा १०४ सङ्क्रमित, ६३ सङ्क्रमित निको

बुधबार, २६ फागुन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै यो सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ९७४ पुगेको जनाए ।

पछिल्लो चौबीस घण्टामा ६३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ५० जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २२ लाख तीन हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।मन्त्रालयका अनुसार हाल ९११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।