जेठ २०,
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बासगढीमा हिजो साझ भएको बस दुर्घटनाका एक जनाको मृत्यु भएको छ । बाँकी घाइते ११ जनाको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।
कपिलवस्तुको तौलिहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख ८३९ नम्वरको बस पुर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने बासगढीमा हिजो साझ अनियन्त्रित भई पल्टिदा गम्भिर घाइते भएकी अर्घाखाँचीको छत्रदेव गाउपालिका स्थायी ठेगाना भई हाल बुटवल उपमहानगरपालिका वडा नम्वर ११ बस्दै आएकी ५० वर्षीया माया श्रेष्ठको मृत्यु भएको प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मायाको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारकाक्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको हो ।
घाइते ९ जनाको अवस्था सामान्य रहेको र अन्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनामा बस चालक शिव ढकाल र नाम खुल्न नसकेका एकजना गम्भिर घाइते भएका छन् । अन्य घाइतेमा कपिलवस्तु नगरपालिका वडा नं. ११ प्रदीप चौधरी, लक्ष्मी नारायण चौधरी, सैनामैना ६ की राजकुमारी थारु, शुद्धोधन ४ की पुष्पा चौधरी, वाणगंगा ३ की बुद्ध कुमारी कुँवर, कपिलवस्तु न.पा. ११ का अशिसकर आलम, १२ का रामसेवक, रुपन्देही तिलोत्तमा ४ का पदम बहादुर थापा रहेका छन ।
प्रतिक्रिया