ताजा अपडेट »

मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको सामना गर्दै

आइतबार, १९ जेठ २०७६

जेठ १९,
काठमाण्डौ । नेपालले आज ‘आइतवार’ मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल बुरीत जालिल राष्ट्रिय मैदानमा नेपाली समयानुसार आज राति पौने आठ बजेपछि शुरु हुनेछ । नेपाल मलेसियालाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्र्दैछ । नेपालका मुख्य प्रशिक्षक जोहन कालिनले यसअघि मलेसियालाई चुनौती दिन तयार रहेको बताएका थिए ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ भने मलेसिया १ सय ६८ औँ स्थानमा छ । त्यस्तै नेपालले अर्को मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेसँग खेल खेल्ने तालिका रहेको छ ।