वाग्मती । नेपाल पत्रकारिता जगत्मा महिला पत्रकारले काम गरेबापत पाउने पारिश्रमिक र काममा समेत भेद्भाव गरिने समस्या अझै पनि कायमै रहेको आईतबार मकवानपुरमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा क्रियाशील पत्रकार महिला ९डब्लुडब्लुजे यहाँ आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याबारे समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो गर्दै सञ्चार गृहबाट आफूहरु पारिश्रमिक र काम सम्पादनमा भेद्भाव गरेको दुःख व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याबारे समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले पत्रकारहरुको हकहितका लागि उपमहानगरपालिकाले पत्रकार बीमा, पत्रकार उपचार कोषमा सहयोगलगायत विभिन्न काम गर्दै आएको जानकारी दिए । आगामी दिनमा पत्रकारलाई हरेक क्षेत्रमा उपमहानगरपालिकाले समन्वय गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
विवाहित महिलाहरुको हकमा ज्यादै नै समस्या रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । मकवानपुरमा पत्रकार महासङ्घमा १६३ सदस्य रहेका छन् । यसमा ४० महिला पत्रकार रहेका छन् । यसबाहेक महासङ्घका सदस्यता नभएका अन्य पनि सक्रिय महिला पत्रकारहरु धेरै नै रहेका छन् ।
प्रतिक्रिया