जेठ १८,
अमेरिकाले चीन निर्यात हुने थप सामानमा कर वृद्धि गर्ने निर्णयसँगै चीनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमाथि थप कर वृद्धि गर्ने निर्णय आजबाट कार्यान्वयनमा ल्याएको छ ।
चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखा परेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता केओ फेङले विदेशी उद्योग, संगठन तथा व्यक्ति, जसले चिनियाँ बजारको नियमलाई पालना गरेका छैनन्, ती व्यक्ति र संस्थालाई चीनमा गतिविधि सञ्चालन गर्नबाट रोक लगाउनसक्ने गरी निर्णय गर्ने बताएका छन् । ‘प्रमाण विनाको अवस्थामा अमेरिकाले केही चिनियाँ कम्पनीहरूलाई निर्यात नियन्त्रण एकाइ सूचीमा समावेश गराएकोले चीनले जवाफी प्रतिरोध कदम चालेको हो,’ उनले बताए । -एजेन्सी
प्रतिक्रिया