जेठ १८,
सिमकोट । सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरुलाई लेखा व्यवस्थापन सम्बन्धि तालिम दिइएको छ । सहकारी संस्थाको लेखा प्रर्णाली चुस्त र दुरुस्त राख्नका लागि तालिम प्रदान गरिएको हो । दोहोरो लेखा प्रणालीका बारेमा तालिम प्राप्त गरेपछि सहकारी संस्थामा काम गर्न सहज हुने पंचमुखी दुधेदह कृषि सहकारी संस्थाका व्यवस्थापक प्रगति कुमारी सिंह शाहीले बताउनु भयो । यस अघि सिधा रजिष्टरमा हिसाब किताब राख्ने गरेको भएपछि अब दोहोरो लेखा प्रणाली र भौचर प्रणालीबाट सहकारीको काम सुरु गर्ने उहाँले बताउनुभयो ।
लेखा के हो ? किन राख्ने ? गोश्वारा भौचर देखि डबल इन्ट्रि सम्मको हिसाब किताब मिलानको सहजिकरण गरिएको सहजकर्ता ज्ञान बहादुर कार्कीले बताउनु भयो । त्यो संगै तालिमका सिलसिलामा सहकारीका लागि नयाँ कोपाप सफ्टवेयर आएको र त्यसका बारेमा पनि सहजिकरण भएको उहाँले बताउने छन् । उक्त सफ्ट वेयर कम्प्युटर प्रयोग गर्ने सहकारी संस्थाहरुले प्रयोग गर्न सक्ने छन् । सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकामा गठन भई संचालनमा आएका तर लेखा व्यवस्थापन तालिम नपाएका सहकारी संस्थाका २७ जना पदाधिकारी तथा व्यवस्थापकलाई तालिम प्रदान गरिएको लिबर्ड हुम्लाको स्थानीय बाली परियोजनाका प्राविधिक सुन्दर रावतले बताउनु भयो । यसमा बिशेष गरेर दुधेदह कृषि सहकारी संस्था, कर्णाली कृषि सहकारी संस्था लगाएत चार वटा सहकारीका अध्यक्ष, कोषाध्यक्ष र व्यवस्थापकको सहभागिता रहेको उहाँले बताउनु भयो । तालिम लिबर्ड हुम्लाको आयोजनामा तीन दिनसम्म संचालन भएको हो ।
प्रतिक्रिया