ताजा अपडेट »

साताको अन्तिम दिन बढ्यो सुनको भाउ

शुक्रबार, १७ जेठ २०७६

जेठ १७,

काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ६ सय रुपैयाले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज आज तेजावी सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । आर्थिक वर्षको बजेटमा सुन तथा चाँदी जस्ता बहुमूल्य धातुमा बढाइएको भन्सार दरका कारण मूल्य बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघले जनाएको छ ।