जेठ १७,
ग्लोबल आवाज
बुटवल । प्रदेश पाँचका उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरिले मुलुकमा आर्थिक समृद्धिका लागि सरकारले नीति बनाउने बताउँदै व्यवसायीले लगानी गर्ने आँट गर्न आह्वान गरे । सरकारले भौतिक पूर्वाधार निर्माण गरि व्यवसाय गर्ने वातावरण तयार गरि दिनु पर्छ त्यसमा नीजि क्षेत्रले ढुक्क भएर लगानी गर्न मन्त्री गिरिले आग्रह गरे । बुटवल उपमहानगरपालिका १३ मा शुक्रवारदेखि शुभारम्भ भएको अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रालिको उदघाटन गदै मन्त्री गिरिले पर्यटन र सेवा मुलक व्यवसाय प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपुर्ण पक्ष भएको बताए ।
मन्त्री गिरिले पर्यटन उद्योगलाई बढाव दिन प्रदेश सरकार गम्भिर रहेको भन्दै पर्यटनको विकासबाट मात्र प्रदेशमा समृद्धि ल्याउन सकिने बताए । केन्द्रिय सरकारले गर्ने र स्थानिय तहले गर्ने तथा प्रदेश सरकारले गर्ने काममा स्पष्ट गरि योजना छनोट गर्नु पर्नेमा जोड दिदै मन्त्री गिरिले त्यसका लागि प्रदेश सरकारले भुमिका खेल्ने पनि बताए । उनले सरकारले तीन खम्बे अर्थ नीतिलाई अबलम्वन गरेकाले नीजि क्षेत्रको लगानीको सुरक्षाका लागि सरकार गम्भिर रहेको दावि पनि गरे । कार्यक्रममा क्याटरिङ एण्ड पार्टी प्यालेस प्रदेश ५ का संयोजक लक्ष्मण पोखरेलले पर्यटन व्यवसायीलाई सरकारले प्रोत्साहन हुने गरि कार्यक्रम अगाडी बढाउन माग गरे ।
अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेसप्रालिका संचालक ज्ञान प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रममा क्याटरिङ एण्ड पार्टी प्यालेस व्यवसायीका सचिव वलराम पौडेल, विकास भट्रराई लगायतले व्यवसायको सफलताको शुभकामना व्यक्त गरे । कुल ७ करोडको लागतमा अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस संचालनमा ल्याईएको बताईएको छ ।
प्रतिक्रिया