ताजा अपडेट »

भारतकै पहिलो महिला अर्थमन्त्री बनिन् सीतारमण

शुक्रबार, १७ जेठ २०७६

जेठ १७,

भारत । भारतीय लोकसेवामा चुनावमा भारी बहुमत प्राप्त गरेको भाजपाले मन्त्री मण्डल बिस्तार गरेको छ । बिहीबार मात्र राष्ट्रपति भवनमा प्रधानमन्त्रीको रुपमा सपथ लिएका नेरन्द्र मोदी र अन्य ५७ मन्त्री, राज्यमन्त्रीहरुले सपथ लिएका थिए ।

सपथ लिएका मन्त्री तथा राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री मोदीले मन्त्रालयले तोकिदिएका छन् जसमा भारतमै पहिलो पटक अर्थमन्त्रीको रुपमा निर्माला सितारमणले पद सम्हाल्ने भएकी छन् । भारतीय इतिहासमा सन् १९७० देखि १९७१ सम्म प्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीले अर्थ मन्त्रालय सम्हालेपनि एकल रुपमा अर्थ मन्त्रालय पाउने पहिलो महिलाको रुपमा सितारमण आएकी छन् ।