जेठ १७,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको रुद्रपुरमा शान्तिपार्क निर्माण तथा प्रचारप्रसारका लागि व्यापार तथा साँस्कृति महोत्सवको आयोजना गरिएको छ । कञ्चन गाउँपालिका वडा नम्बर ३ र ४ मा अवस्थित करिब १ विगाह क्षेत्रफलमा फैलिएको स्थानिय हर्नाचौर शान्तीपार्क विकासका लागि आर्थिक संकलनार्थ सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजना तथा नेपाल मेला महोत्सव संघको व्यवस्थापनमा शुक्रबारदेखि महोत्सवको आयोजना गरिएको हो । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सहयोग पुग्नेगरी आयोजना गरिएको महोत्सवमा स्थानिय १० र अन्य गरी एक सय १० स्टल रहेको आयोजक समितिका संयोजक किरण केसीले बताए ।
स्थानिय सँस्कृति र जातीय पहिचान झल्कीले ३ स्टल, कृषि उत्पादनसँग सम्बन्धीत २, स्वास्थ्ये सम्बन्धी २, स्थानिय उत्पादनसँग सम्बन्धित ३ गरी १० स्टललाई सहुलीयत शुल्कमा स्टलको व्यवस्था गरिएको छ । अन्य सय स्टलमा होटल व्यवसाय, बाल उद्यान, लत्ताकपडा लगायत रहेको आयोजकले जनाएको छ । ३० लाख खर्च अनुमान गरिएको महोत्सवमा १ करोड ५० लाख बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक के.सीले जनाए । महोत्सवबाट आउने सम्पूर्ण आम्दानी शान्तीपार्कको भौतिक सुधार तथा निर्माणमा खर्च गरिने सामुदायिक केन्द्रका उपाध्यक्ष खेम क्षेत्रीले जानाकारी दिए । १८ कट्ठा क्षेत्रफलमा फैलिएको शान्तीपार्कको भौतिक संरचना विकासका लागि कञ्चन गाउँपालिकाबाट गतवर्ष ४ लाख तथा यस वर्ष २ लाख गरी ६ लाख रुपैया विनियोजन भएकोमा तारबार तथा पार्कमा बाटो निर्माण लगायतका काम भएको वडा नम्बर ४ काअध्यक्ष दुर्गा सिंह क्षेत्रीले बताए ।
‘प्रथम कञ्चन डान्स आइडल’ मुख्य आर्कषणका रुपमा रहेको महोत्सव आगामी जेठ ३२ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम, द्घीतीय र तृतीयलाई क्रमशः २५ हजार, १५ र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साझ ४ बजेदेखि रातको ८/९ बजेसम्म सञ्चालन हुने महोत्सवलाई मध्येनजरगरी त्यस क्षेत्रमा मदीराजन्य पदार्थ विक्रिवितरणमा पूर्ण रुपमा रोक लगाइएको सामुदायिक केन्द्रका उपाध्यक्ष क्षेत्रीले बताए । ५० हजार बढी दर्शक भित्राउने योजाना रहेको महोत्सवमा दर्शकका लागि रातको समयमा छिमेकी गाउँपालिका सैनामैना, गैडहवा तथा सूर्यपुरासम्म माइक्रो बसको व्यवस्था गरिएको उनले बताए । मेलामा उट पनि प्रदर्शनका लागि राखिने छ ।
प्रतिक्रिया