ताजा अपडेट »

मस्कोमा भइरहेको शान्तिवार्ता प्रगतिउन्मुख: तालिवान नेता

विहीबार, १६ जेठ २०७६

जेठ १६,

रुस । अफगानी नेता र तालिवानबीच मस्कोमा भएको पछिल्लो वार्ता सकरात्मक दिशातर्फ अघि बढिरहेको एक तालिवानी नेताले जनाएका छन् ।

रुसको राजधानी मस्कोमा मंगलबारदेखि सुरु भएको  शान्ति वार्तामा प्रगति भएको मुल्लाह बरादर अखुन्डले बताएका हुन् । तर वार्तबाट महत्वपूर्ण उपलब्धि हासिल गर्न भने नसकिएको भनेर अखुन्डले बताएको रुसी समाचार माध्यममा जनाइएको हो । मस्कोमा मुल्लाह बरादर अखुन्डको नेतृत्वमा रहेको वार्ता टोलीले अफगानी राजनीतिज्ञ तथा विभिन्न कुटनीतिज्ञसँग छलफल गरिरहेको छ । रुसले अफगानिस्तानमा विगत १८ वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति वार्ता आयोजना गरेको हो । -एजेन्सी