जेठ १६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहको शुद्धोधन गाउँपालिका वडा नम्बर-४ फर्साटिकर स्थित रिद्धिसिद्धि पार्टी प्यालेसले आफ्नो लगानी विस्तार गरेको छ । विगत ५ वर्षदेखि ग्रामिण क्षेत्रमा रहेर सेवा प्रवाह गर्दै आइरहेको पार्टी प्यालेसले स्वीमिङ पुल सञ्चालनमा ल्याएको छ । युवा र बालबालिकाका लागि पौडी खेल्न छुट्टा–छुट्टै दुई ओटा स्वीमिङ पुल बनेका छन् ।
एक करोड लगानीमा स्वीमिङ पुल सञ्चालनमा ल्याइएको पार्टी प्यालेसका सञ्चालक केशव कंडेलले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए । स्वीमिङ पुल निर्माणसँगै पार्टी प्यालेसको लगानी ५ करोड रुपैयाँ पुगेको कंडेलले बताए । स्वीमिङ पुलमा पौडी खेल्न २ सय ५० रुपैयाँ शुपथ मुल्यमा शुल्क राखिएको छ । रिद्धिसिद्धिको स्वीमिङ पुल शुद्धोधन गाउँपालिकाकै पहिलो व्यवसायिक स्वीमिङ पुल रहेको कंडेलले दावी गरे । कार्यक्रममा बोल्दै लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शुद्धोधनसम्म ल्याउने अभियान सञ्चालन गर्न आवश्यक रहेको वडा नम्बर-४ का अध्यक्ष राजेन्द्र कंडेलले बताए । स्वीमिङ पुल व्यवस्कहरु पौडी खेल्ने ८ फिट गहिरो रहेको छ । भने, बालबालिकाहरुका लागि ३ फिट गहिरो रहेको छ ।
पार्टी प्यालेसले १९ जनालाई रोजगारी समेत दिएको छ । पार्टी प्यालेसमा ५ सय जना क्षमताको हल र १ सय २५ जना अट्ने मिनि गरी दुई वटा सभा हल पनि छन् । पार्टी प्यालेस ४ वटा एसी रुम छन् । भने छिट्टै १० वटा थप गरी १४ वटा पुर्याउँदैछ। १२ कठ्ठा क्षेत्रफलमा फैलिएको पार्टी प्यालेस कंडेलको एकल लगानीमा सञ्चालित प्यालेस हो ।
प्रतिक्रिया