ताजा अपडेट »

तुँवालोले फ्लाईट रोकियो

विहीबार, १६ जेठ २०७६

जेठ १६,

सिमकोट । आज सिमकोट क्षेत्रमा तुँवालो लागेपछि नेपालगंजबाट कुनै पनि एयरलाईन्सहरुले उडान भर्न सकेका छैन्न । बिहान पौने सात बजेबाट उडान भर्नु पर्नेमा सिमकोट प्रवेश गर्ने नाकामा बाक्लो तुँवालोको कारण भिजिबिलिटी नभए पछि उडान भर्न नसकिएको हो ।

यतिबेलासम्म दश भन्दा बढी फ्लाईट हुन पर्नेमा सिमकोट प्रवेश क्षेत्रमा बाक्लो तुँवालोको कारण कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख गौरीशंकर शाहले बताउनुभयो । नेपालगंजमा तारा, सीता र समिटका जहाजहरु उडानका लागि तयारी अवस्थामा रहे पनि सिमकोट क्षेत्र तुँवालोले ढाकेको कारण उडान नभएको उहाँले बताउनुभयो । उडान नभए पछि मानसरोवर कैलाशका लागि नेपालगंजबाट आउने यात्रु नेपालगंज मै रोकिएका छन् भने दुई सय भन्दा बढी मानसरोवर कैलाश दर्शन गरेर फर्केका यात्रु सिमकोटमै रोकिएका छन् । बिहीबार मात्र नेपालगंजबाट बीस भन्दा बढी उडान हुने कार्यक्रम रहेको विमानस्थलले जनाएको छ ।