जेठ १५,
बुटवल। गणतन्त्र दिवसका अवसरमा बुटवलकैे पुरानो मध्येका बुटवल वहुउदेश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परिक्षण कार्यक्रम शुरु गरेको छ । सहकारी झण्डै १५ सय सदस्यहरुका लागि स्वाथ्य परिक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्यावको प्राविधिक सहयोगमा एक महिने स्वाथ्य परिक्षणको शुभारम्भ बुधबार गरिएको हो ।
जेठ १५ देखि असार १५ सम्म आफ्ना सदस्यहरुले निशुल्क रुपमा रगत, पिसाव, सुगर, किड्नी, कोल्डस्टोर थाईराईड, तथा लिभर सम्वन्धी सम्युर्ण परिक्षण हुने सहकारीका स्वास्थ्य विभाग संयोजक उदयराज भण्डारीले बताए । उनले हजारौं रुपैया लाग्ने विभिन्न रोगको परिक्षण गरेर आफ्नो स्वाथ्य अवस्था बुझ्नका लागि आफ्ना सदस्यहरुलाई यस्तो खालको सेवा प्रवाह गरेको उनको भनाई रहेको छ । निशुल्क स्वाथ्य परिक्षण उद्घाटन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष लोकनाथ भुषालले गरेका थिए । सो अवसरमा उनले हरेक व्यक्तिले समय समयमा स्वाथ्य अवस्थाका वारेमा जानकारी लिएमा धेरै रोगहरु शुरु नहुने निधन गर्न सकिने बताए । सो अवसरमा नेशनल प्याथ ल्यावका अध्यक्ष रुद्र कार्की, बुद्धिमान थापा, उदयराज भण्डारी लगायतले बोलेका थिए ।
प्रतिक्रिया