जेठ १५,
काठमाण्डौ । ग्लोबर कन्सट्रक्सन सर्भे केपीएमजीले निकालेको रिपोर्ट अनुसार रियल मड्रिड विश्वको मुल्यमान फुटबल क्लब बनेको छ । युरोपियन प्रतिस्पर्धामा बलियो रहेको रियलले यस सिजन खराब खेल खेलपनि उसको मुल्यमा भने गिरावट आएको छैन । लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको रियललाई यो उचाईमा पुर्याउन प्रशिक्षक जिनेदान जिदान अहम भुमिका खेलेका थिए ।
यी हुन् विश्वकै मुल्यवान क्लबहरु:
- रियल मड्रिडः २ दशमलव ९ विलियन पाउण्ड
- म्यानचेष्टर युनाईटेडः २ दशमलव ८३ विलियन पाउण्ड
- बार्यन म्युनिखः २ दशमलव ४३ विलियन पाउण्ड
- बार्सिलोनाः २ दशमलव ४१ विलियन पाउण्ड
- म्यानचेष्टर सिटीः २ दशमलव २ विलियन पाउण्ड
- चेल्सीः २ विलियन पाउण्ड
- लिभरपुलः१ दशमलव ९ विलियन पाउण्ड,
- आर्सनलः १ दशमलव ८ विलियन पाउण्ड
- टोटेनहम हट्सपरः १ दशमवलव ५ विलियन पाउण्ड
- युभेन्ट्सः १ दशमवलव ३ विलियन पाउण्ड
प्रतिक्रिया