ताजा अपडेट »

बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट आउने

मंगलबार, १४ जेठ २०७६

जेठ १४,
काठमाण्डौं । आर्थिक वर्ष २०७६/७७ को बजेट भोलि ( बुधबार ) दिउँसो ४ बजे संसदमा प्रस्तुत हुने तयारी छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराएका हुन् । त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्न समेत सभामुख महराले आग्रह गरेका छन् ।

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ ।यसपटकको बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वढ्ने बताइएको छ । बजेटको आकार १५ खर्ब भन्दा वढी हुने पनि यस अघि नै सरकारले सार्वजनिक गरिसकेको छ ।